आज काँग्रेस युवा नेता गगन थापा र पूर्व डि आइजी रमेश खरेल गैँडाकोट आउँदै

0


गैँडाकोट, १० मंसिर । विजय फाउन्डेशन नेपालले कक्षा ११ र १२ पढ्ने छात्र छात्राहरुलाई आफ्नो भविष्य निर्धारण गर्न सहयोग पु¥याउने हेतुले राष्ट्रिय स्तरमा ख्याती प्राप्त व्यक्तीहरुको उपस्थितीमा कार्यक्रम गर्दैछ । विजय सामुदायिक शिक्षा सदनको प्राङ्गणमा १२ बजेपछि ‘सेप द फ्युचर’ विषयक १ दिने अभिमुखीकरण कार्यक्रम शुरु हुने विजय फाउन्डेशन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा प्रमुख वक्ताका रुपमा नेपाली कांग्रेसका युवा नेता गगन थापा, नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेल आउने बताउनुभयो । गैंडाकोट नगर क्षेत्रका कक्षा ११ र १२ पढ्ने छात्र छात्राहरुलाई आफ्नो भविष्य निर्धारण गर्न सहयोग पु¥याउने हेतुले कार्यक्रमको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply