आजदेखि १३ औँ सौराहा फुड फेष्टिवल /पुर्वअर्थमन्त्री पाण्डेले उद्घाटन गर्ने

0

गैडाकोट, २८ माघ ।

प्रणय दिवसको अवसर पारि चितवनको पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा फुड फेष्टिवल आजदेखि सुरु हुदैछ ।

जसको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था क्षेत्रिय रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) सौराहाले जनाएको छ । रत्ननगर ७ स्थित सिसुवार चौरमा हुने फेस्टिवलको पूर्व अर्थमन्त्री एवंम प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो ।

फेष्टिवल उद्घाटनमा शोभायात्रा निकालिने छ । फेष्टिवलमा ५० वटा खानाको स्टल र ५ वटा प्रर्दशनी स्टल रहने छन् ।

फेष्टिवलमा प्रथम मेयर कप भलिवल प्रतियोगिता,रेष्टुरेन्टका कर्मचारी बीच वेटर रेस,प्रेमपत्र लेखन,वालवालिका बीच बेलुन फुटाउने,उत्कृष्ट खाना,घैला रंगाउने प्रतियोगिता समावेश गरिएको संयोजक गिरीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply