आजदेखि गैंडाकोट महोत्सव सुरु, विहान शोभा यात्रा, दिउँसो भवानी राणाद्धारा उद्घाटन

0


गैँडाकोट, २७ पौष । आजदेखी माघ ८ गते सम्म हुन लागेको दोस्रो गैंडाकोट महोत्सवको तयारी पुरा भएको छ । “आÇनै गौरव आÇनै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ नारायणी नदि किनार गैंडाकोटमा १० दिन सम्म चल्ने महोत्सवमा सहभागीका लागि आयोजक उद्योग वाणिज्य संघ गैंडाकोटले सवैमा अनुरोध गरेको छ । महोत्सवमा ३२० स्टल रहेका छन् । जसमध्ये ४० वटा प्रवर्धनात्मक स्टल रहने ,कृषिका १७ स्टल,स्थानिय सिमान्तकृत वर्गका उत्पादनहरु,अपांगता भएका व्याक्तिहरुका उत्पादन,एकल महिला पैरवी मञ्चका उत्पादनहरु र विभिन्न जातजाती मौलिकता मmल्कने घरहरु समेत रहने छन । १० दिन सम्म चल्ने महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ भने १ दिन कबि गोष्ठि र १ दिन स्मार्ट सिटिका बारेमा सेमिनार समेत हुनेछ । आई टि र अटो स्टल पनि मेलाका थप आर्कषण रहनेछन त्यसैगरी बालुवामा उट राखी मरुभुमीमा हने उटको मmल्को दिन उट समेत महोत्सव परिषर भित्र आइसकेको छ त्यस्तै गरी यसपाली समाचार संकलनमा सहज होस भनेर पत्रकारकालागि लागी छुट्टै फ्रि वाइ फाइ सहितको स्टलको समेत व्यवस्था गरिएको छ । विहिबार बाट शुरु हुने महोत्सवको शोभा यात्रा विहिबार १० बजे भव्य अनि सभ्य किसिमले गैडाकाट नगरपालिका परिषर बाट शुरु हुने दोश्रो गैडाकोट महोत्सव शोभा यात्राका सह संयोजक प्रदिप सापकोटाले जनकारी दिनुभयो । महोत्सव शुरु हुनै लाग्दा सुरक्षाको स्थिती पनि मजबुद बनाइएको छ र सुरक्षाको कुनै चुनौती नभएको ईलाका प्रहरी कार्यलय गैडाकोटका प्रमुख दिवश जि.सी ले बताउनुभयो । महोत्सवमा प्रवेश सुल्क ५० र विद्यार्थीको हकमा ३० कायम गरिएको छ । विद्यालयको तर्फबाट सामुहिक रुपमा स्कुल पोशाकमा आउनेलाई निशुल्क गरिएको छ । महोत्सवका प्रमुख आर्कषणमा स्थानीय उत्पादनका सामाग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, ब्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान देखि लिएर अन्तर्रा््िष्ट्रय उत्पादनका स्टल समेत रहने छन । महोत्सवको उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्घाटन गर्नुहुनेछ । राणा उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष समेत हुनुहुन्छ । महोत्सवको आधिकारीक एफएम विजय एफएम १०१.६ रहेको छ । महोत्सवको विजय एफएमले प्रत्यक्ष प्रसारण गर्नेछ ।

Share.

Leave A Reply