‘आइ लभ यु’ नभनी प्रेम व्यक्त गर्ने तरिका

0

हुन त प्रेम अभिव्यक्त गर्नका लागि ‘आइ लभ यु’ अर्थात् म तिमीलाई प्रेम गर्छु भन्नु जति प्रभावकारी केही पनि हुँदैन । यो साधारण तर सबैभन्दा प्रभावकारी तरिका हो । यो पुरानो जमानादेखि चलेको भाषा र तरिका पनि हो । तर जमाना बदलिँदै जाँदा ‘आइ लभ यु’ को अर्थभन्दा अझै फरक भाषामा मानिसहरू प्रेम व्यक्त गर्न मन पराउन थालेका छन् ।
प्रेम अभिव्यक्त गर्ने दिवस अर्थात् प्रणय दिवस फ्रेबुअरी १४ मा मनाइँदै छ । यहाँ ‘आइ लभ यु’ नभनीकन प्रेम व्यक्त गर्ने तरिकाका बारेमा चर्चा गरिएको छ । कसैलाई प्रस्ताव गर्दा वा प्रेम व्यक्त गर्दा ‘आइ लभ यु’ नभनीकन पनि कसरी भन्ने त ? थाहा पाइराख्नुस् १० वैकल्पिक भाषा र अभिव्यक्ति ।
१. म तिमीलाई भित्रदेखि सम्मान गर्छु
कसैलाई आफूले मन पराउने कुरा बताउनु छ वा प्रेम व्यक्त गर्नु छ भने ‘आइ लभ यु’ को सट्टा आइ अडोर यु अर्थात म तिमीलाई कदर गर्छु वा सम्मान गर्छु भन्न सकिन्छ । यसले पनि प्रेम व्यक्त गर्छ र उस्तै भावना जगाउँछ ।
२. म तिमीप्रति नतमस्तक छु
कुनै व्यक्तिलाई प्रेम व्यक्त गर्दा ‘आइ लभ यु’ को सट्टा आइ इन्फ्याचुएटेड विद यु पनि भन्न सकिन्छ । यसको अर्थ म तिम्रा हरेक कुरामा नतमस्तक छु । भन्ने हो यसले प्रेमको अवस्थालाई नै बुझाउँछ । यसले ‘आइ लभ यु’ भन्नुभन्दा फरकपन पनि महसुस गराउँछ ।
३. म तिम्रै हुँ
‘आइ लभ यु’ को साटो अझै मीठो भाषामा आफूलाई अरूको प्रेममा परेको बुझाउन चाहनुहुन्छ भने आइएम योर्स अर्थात् म तिम्रै हुँ पनि भन्न सक्नुहुन्छ ।
४. म तिम्रो सपना देख्छु
तपाइँलाई प्रेम व्यक्त गर्न मन छ र अझै प्रेमिल भाषामा ‘आइ लभ यु’ भन्न चाहनुहुन्छ भने आई ड्रिम अफ यु पनि भन्न सक्नुहुन्छ । यसले म तिम्रो सपना देख्छु भन्ने अर्थबाट तिम्रो प्रेममा परेको छु र तिम्रै बारेमा मात्र सोच्छु भन्ने अभिव्यक्त गर्छ ।
५. म हाम्रो प्रेममा जिउँछु
यदि तपाईं नयाँ तरिकाले प्रेम प्रस्ताव गर्न चाहनुहुन्छ भने आइ लिभ फर आवर लभ अर्थात् म हाम्रो प्रेमका लागि जिउँछु भन्न सक्नुहुन्छ ।
६. मलाई तिम्रो नजिक भइरहन मन पर्छ
‘आइ लभ यु’ भन्नुको साटो आइ लभ विइङ अराउन्ड यु अर्थात् मलाई तिम्रो नजिक भइरहन मन पर्छ भन्दा पनि प्रेमको अभिव्यक्ति उत्तिकै बलियो हुन्छ ।
७. म निशर्त प्रेम गर्छु
तपाईंलाई म तिमीलाई प्रेम गर्छु ‘आइ लभ यु’ मात्र भन्न मन लाग्दैन भने माइ लभ इज अनकण्डिसनल अर्थात मेरो प्रेम निशर्त छ भन्ने कुरा बुझाउन सक्नुहुन्छ ।
८. म तिमी बिना केही होइन
आइएम नथिङ विदआउट यु भन्नु पनि ‘आइ लभ यु’ भन्नु भन्दा प्रभावकारी बन्न सक्छ । यसले सुन्ने मानिसलाई फरक र विशेष अनुभव गराउँछ ।
९ मलाई तिमी मेरो छेउमा चाहिन्छ
‘आइ लभ यु’ भन्नुको साटो कहिलेकाहीँ आई नीड यु बाई माई साइड अर्थात् म तिमी मेरै छेउछाउ होऊ भन्ने चाहन्छु भनेर पनि प्रेम व्यक्त गर्न सकिन्छ । यसले तपाईंले उक्त व्यक्तिप्रति अनुभव गर्ने विशेष भावना झल्किन्छ ।
१०. तिमी र म सदाका लागि
‘आइ लभ यु’ भन्नुको साटो यु एन्ड मी अलवेज अर्थात् म र तिमी सदाका लागि भन्ने अभिव्यक्तिबाट पनि प्रेमिल अनुभव गराउन सक्नुहुन्छ । एजेन्सी

Share.

Leave A Reply