आइपीएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन, ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित

0

जेठ ५ ।

इन्डियन प्रिमियर लिग (आईपिएल) का पहिलो नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।गएराति भएको खेलमा उनको उत्कृष्ट प्रदर्शनले दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किङ्सविरुद्ध जित हात पारेको छ ।सन्दिपले खेलमा ‘स्टाइलिस प्लेयर अफ द म्याच’ भएर १ लाख भारतीय रुपैयाँ पाएका छन् ।नेपाली युवा क्रिकेटर लामिछानेले आफ्नो ४ ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका थिए ।दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५ दशमलव २५ इकोनोमीमा बलिङ गरेका हुन् ।
यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभरको स्पेलमा २५ रन खर्चेर १ विकेट लिएका थिए ।सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनाको विकेट लिँदै ऐतिहासिक सफलता हात पारे ।१५ रन बनाएर खेलिरहेका रैनालाई सन्दीपले विजय शंकरको हातबाट क्याच गराए । आइपीएलमा यो सन्दीपको दोस्रो खेलमा दोस्रो विकेट हो ।यसअघि डेब्यू खेलमा सन्दीपले बैंग्लोरका पार्थिव पटेलको विकेट लिएका थिए ।सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि आइपीएलमा दिल्ली डेयरडेभिल्सले चेन्नई सुपरकिंग्सलाई ३४ रनले पराजित गर्दै चौथो जित हात पारेको छ ।पहिले ब्याटिङ गर्दै दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २८ रनमा समेटिएको थियो ।आफ्नो टोलीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेपछि स्टाइलिस प्लेयर भएका सन्दीपले आफूले सकेसम्म राम्रो प्रयास गरेको प्रतिक्रिया दिएका छन् ।विकेट हल्का चिप्लो खालको रहेको भन्दै उनले सवै खेलाडीको योगदानबाट जित सम्भव भएको बताए ।

Share.

Leave A Reply