आइपिएलमा गुजरात लायन्स र मुम्बई इन्डियन्स विजयी

0

काठमाण्डौ, २ वैशाख ।

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार भएका खेलमा गुजरात लायन्स र मुम्बई इन्डियन्स विजयी भएका छन् । शुक्रबार राति सम्पन्न खेलमा गुजरात लायन्सले राइजिङ पुणे सुपरजाइन्टलाई ७ विकेटले पराजित गरेको हो ।

गुजरातले टस जितेर पहिले ब्याटिङका लागि निम्तो दिएपछि राइजिङ पुणेले ८ विकेटको क्षतिमा १७१ रनको योगफल तयार पारेको थियो । १७२ रनको लक्ष्य गुजरातले दुई ओभर बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा गरेको हो । गुजरातका लागि ब्रेन्डम म्याककुलमले सर्वा्धिक ४९ रन बनाएका थिए ।

त्यस्तै ड्वेन स्मिथले ४७ र सुरेश रैनाले अविजित ३५ रन बनाए । यसअघि शुक्रबारै भएको पहिलो खेलमा मुम्बईले रोयल च्यालेन्जर बेंग्लोरलाई ४ विकेटले पराजित गरेको थियो । बेंग्लोरले कप्तान विराट कोहलीको ६२ रनको मद्दतमा १४२ रन बनाएको थियो । १४३ रनको विजयी लक्ष्य मुम्बइले ७ बल अगावै पुरा गरेको थियो । मुम्बईका लागि किरन पोलार्डले सर्वा्धिक ७० रन बनाएका थिए ।
–ईमेज

Share.

Leave A Reply