अव्यवस्थित तारको व्यवस्थापन गर्न प्राधिकरणको आग्रह

0

काठमाडौँ, ११ माघ 

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रका सडक किनारमा अलपत्र अवस्थामा रहेका तारको तत्काल उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।

प्राधिकरणले सडक किनारमा टेलिफोन तथा बिजुलीको खम्बामा रहेका तथा लत्रिएका अनधिकृत तथा असुरक्षित तवरले राखिएका तारले शहरी सौन्दर्य बिगारेको उल्लेख गरेको छ । त्यस्ता तारले आगलागी, विद्युतीय झट्का र सडकमा हिँड्ने पैदलयात्रु तथा सवारी साधन दुर्घटनाको कारण बनिरहेको भन्दै प्राधिकरणले त्यस्ता अनधिकृत तारको तत्काल व्यवस्थापन गर्न आग्रह गरेको छ ।

प्राधिकरणले खम्बाको स्वामित्व भएका नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग आवश्यक समन्वय गरी एक महीनाभित्र तारको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

पहिचान खुल्ने चिह्न राख्न, तार व्यवस्थित गर्न र भुईंबाट झुण्ड्याएको तारको दूरीलगायत प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्न सूचित गरेको छ । सो समयभित्र अव्यवस्थित तारको व्यवस्थापन नगरेको खण्डमा प्राधिकरणले कानूनबमोजिम कारवाही गर्ने आज प्रकाशित सूचनामा उल्लेख छ ।-रासस

Share.

Leave A Reply