अरुलाई निचो मात्रै देखाउने र विना आधारका कोरा सपनामा मात्र रमाउने दल कुन हो, आफै चिन्नुहोस् : महामन्त्री कोइराला

0

गैंडाकोट । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकका हरेक परिवर्तन नेपाली कांग्रेसले नै गरेकोले मुलुकको संबृद्धि पनि नेपाली कांग्रेसले नै गर्न सक्ने बताएका छन् । नवलपुर क्षेत्र नंः १ को चुनावी कार्यक्रममा वोल्दै कांग्रेस महामन्त्रि कोईरालाले नेपाली कांग्रेसबाट मात्र परिवर्तन संभव छ भन्ने कुरा ईतिहासमा पटक पटक प्रमाणित भई सकेको छ, तसर्थ हरेक परिवर्तन नेपाली कांग्रेसबाट मात्रै भएको छ र अवको संबृद्धि पनि नेपाली कांग्रेसबाटै सम्भव भएको बताएका हुन ।

कार्यक्रममा बोल्दै कोईरालाले भने, जहानिया राणासासनको अन्त्य, निर्दलिय पंचायत व्यवस्थाको अन्त्य, तानाशाहि राजतन्त्रको अन्त्य र समावेशि संविधान पनि नेपाली कांग्रेसकै नेतृत्वमा निमार्ण भयो । आम मतादातालाई सम्बोदन गर्दै कोईरालाले भने हामी परिवर्तन गरेर देखाई सकेको र जनताले पटक पटक अनुमोदन गरि सकेको राजनीतिक शक्ति हो । हामी हावादारी गफ र दिवास्वप्न मात्र देखाउदैनौ, हामीले काम गरेर देखाईसकेका छौ । तसर्थ तपाई सपना मात्र बाढ्ने र कल्पनामा रमाउने शक्तिलाई विश्वास गर्नु हुन्छ या कामकाजि राजनीतिक दललाई विश्वास गर्नुहुन्छ, निणर्य तपाईकै हातमा छ ।

केपि ओलिका पछिल्ला अभिव्यक्तिप्रति प्रतिक्रिया दिदै महामन्त्रि काईरालाले भने, यो भन्दा अघि ओलि जिको सरकारले पनि निर्वाचन घोषणा गरेको थियो, तर के उहाँले निर्वाचन गर्नु भयो? मेरो प्रश्न तपाईहरुलाई छ । कोईरालाले भने संविधानको कार्यान्वलय पनि नेपाली कांग्रेसले नै तिनै तहको निर्वाचन सम्पन्न गरेर गर्दैछ, त्यसैले तपाई आफै समिक्षा गर्नुस–यो देशको कामकाजि राजनीतिक दल कुन हो र कुरामात्रै गर्ने, अरुलाई निचो मात्रै देखाउने र विना आधारका कोरा सपनामा मात्र रमाउने दल कुन हो ।

एमालेले आफुमात्र राष्ट्रवादि शक्तिकारुपमा प्रस्तुत गरेको सन्दर्भमा कोईरालाले भने, ओलीजी भारतीय नाकावन्धिपछि एकाएक राष्ट्रवादि हुनु भयो, तर तपाईलाई थाहा छ, नाकाबन्दिको प्रतिरोधका लागि उहाँले के के गर्नु भयो? मैले त उहाँले केहि गरेको देखिन । बरु उहाँ कानमा तेल हालेर सुनेको नसुन्यै गर्नु भयो, आखामा पट्टि बाँधेर देखेको नदेखेई गर्नु भयो र जनतालाई तिमि जे जसरी आफ्नो आवश्यकता पुरा गर्छौ गर भनेर मुलुकमा कालो बजारी भित्र्याउनु भयो । नेकपा एमालेको सरकारले बढाएको महंगिले बरु जनताको ढाड सेकिएको भन्दै कोईरालाले भने उहाँको नेतृत्वमा भएको मुल्य बृद्धि अहिलेसम्म पनि घट्न सकेको छैन, किनकि उहाँले त्यो व्यवस्थापन नै गर्न नसकिने गरी स्थापित गरिदिनु भएको थियो । अव भन्नुस उहाँको राष्टवादले जनतालाई राहत भयो कि मुल्यबृद्धिले छटपटि? कोईरालाले प्रश्न गर्दै भने । आफ्नो अभिव्यक्तिलाई सभ्य र शालिनरुपमा प्रस्तुत गर्नका लागि ओलिलाई आग्रह गर्दै कोईरालाले भने अरुलाई गालि गर्दैमा राष्टबादि भईने होईन, अरुलाई निचो देखाउदैमा नेता भईने पनि होईन । मुलुकको प्रधानमन्त्रि भई सकेको, एउटा राजनीतिक दलको अध्यक्ष जस्तो मान्छेले बोल्दा प्रयोग गर्ने शब्द, शैलि, आरोप, लाञ्छना के सुहाँउदो छ? तपाईलाई मन पर्छ त्यस्तो? उहाँले आफ्नो वजन आफै घटाई रहनु भएको छ । कांग्रेसलाई गालि गर्दैमा राजनीति हुँदैन, आफ्ना योजना प्रस्तुत गरौं, आफ्ना कार्यक्रमहरु प्रस्तुत गरौं, आफ्नो धरातलमा बसेर जनतामा आशा जगायौं भने मात्र जनताको मन जित्न सकिन्छ । यसैमा कोईराला थप्दै भने, हामीलाई विश्वास गर्नुस, कांग्रेसलाई बहुमत दिएर विजयि गराउनुस, हरेक परिवर्तन हाम्रै नेतृत्वमा भएको छ, अव आर्थिक क्रान्ति र संबृद्धि पनि हाम्रै नेतृत्वमा गर्छौैै ।

source,    www.harekpal.com

Share.

Leave A Reply