अरुणोदय पुग्यो फाईनलमा÷३० गते देशभक्त संग उपाधीका लागी भिड्ने ।

0

गैँडाकोट, २८ चैत ।
गैँडाकोटको निमार्णधीन क्षेत्रीय रंगशालामा जारी फुटवलमा आज पनि एक खेल भएको छ । आजको सेमीफाईनलमा अरुणोदय सामुदायीक विकास प्रतीष्ठान विजयी भएको हो ।

गैँडाकोट खेलकुद विकास समिती र अरुणोदय सामुदायीक विकासप्रतीष्ठान ले बिच भएको सेमी फाईनल खेलमा अरुणोदय शुन्यका विरुद्ध एक गोलले विजयी भएको गैँडाकोट खेलकुद विकास समितीका सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो । अरुणोदयको जितका लागी खेलको १३ औ मिनेटमा विमल थापा सारुले गोल गरेका हुन् ।

अब अरुणोदयले उपाधीका लागी चैत ३० गते प्रतीगोतीता अन्तर्गत दाउन्ने पारी भएको सेमीफाईनल खेलको अन्तीम बिजेता देशभक्त युवा क्लवसंग प्रतीष्पर्धा गर्नेछ । खेल गैँडाकोटको निर्माणाधीन क्षेत्रीय रंगशालामा दिउसो २ बजे हुनेछ ।

Share.

Leave A Reply