अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानी नेताहरूलाई वार्ताका लागि प्रस्ताव

0

काठमाडौँ, १५ श्रावण । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी नेताहरूलाई जुनसुकै बेला भेटवार्ताका लागि प्रस्ताव गर्नुभएको छ । ह्वाइट हाउसमा संवाददाताहरूसँग कुराकानी गर्दै उहाँले विनाकुनै पूर्व सर्त इरानी नेताहरूसँग वार्ताका लागि तयार भएको बताउनुभयो । जुलाई महिनाको सुरुमा अमेरिकी राष्ट्रपति र इरानी राष्ट्रपति हसन रुहानीले एकअर्कालाई चेतावनी दिएपछि ट्रम्पले मेलमिलापको लागि वार्ताको प्रस्ताव गर्नुभएको हो । गत मे महिनामा अमेरिका इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अलग भएको थियो । सो सम्झौता अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाइएपछि इरानले आफ्ना पारमाणविक गतिविधिहरू नियन्त्रण गरेको थियो । इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका ब्रिटेन, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधका बीच वाशिङटनले केही दिनभित्र तेहरानमाथि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

Share.

Leave A Reply