अमरापुरी महोत्सवमा आज पशुपति शर्माले स्टेज तताउँदै, अमरापुरी डान्स आइडलको प्रारम्भ

0


गैँडाकोट, ४ असोज । “युवाहरुको आह्वान आगन्तुक पर्यटकलाई सम्मान” भन्ने मुल नाराका साथ पूर्वि नवलपरासीको गैंडाकोट अमरापुरीमा मंगलबारबाट जारी ऐतिहासिक अमरापुरी महोत्सवमा आज विहानैबाट दर्शको भिड बढ्दै गएको छ । । लक्ष्मी उच्च माविको प्राङ्गणमा सिंचाइ मन्त्री सञ्जय कुमार गौतमले महोत्सवको मंगलबार उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै सिंचाइ मन्त्री सञ्जय कुमार गौतमले सिमा विवाद रहेको नवलपरासीको सुस्ताका विषयमा आवाज उठाएको बताउनुभयो । ऐतिहासिक अमरापुरी महोत्सबमा आज बुधबार पशुपति शर्मा, सम्झना भण्डारी, उमादेवी खनाल, चर्चित जादुगर बलराम सरकारको जादु, डान्सर तथा मोडल रुविना श्रेष्ठ, फाईब स्क्वाड डान्स ग्रुपको प्रस्तुती रहने आयोजक रेन्बो क्लबका सचिव हरि रेग्मिले जानकारी दिनुभयो । आज अमरापुरी डान्स आइडलको प्रारम्भहनेछ ।
नेपालीहरुको महान चाड बडादशैँको पूर्व सन्ध्यामा शुरु गरिएको अमरापुरी महोत्सवको एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । व्यावासायिक रूपमा राखिएका स्टल, टिकटबाट करिब ५ करोड आम्दानी गर्ने क्लबको उद्देश्य रहेको छ । महोत्सवमा सर्वसाधारणका लागि ५० रुपैँया, विद्यार्थीका लागि ३० रुपैँया, अपांग भएका र ज्येष्ठ नागरिकले परिचय पत्र देखाएमा निःशुल्क अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको छ ।
महोत्सवको मुख्य आकर्षणका रुपमा प्रचार गरिएको ९ फिट अग्लो दुर्गाको मूर्ति घटस्थापनाको दिनदेखि मात्रै अवलोकन गर्न सकिने उपाध्यक्ष पौडेलको भनाइ छ । अमरापुरीको लक्ष्मी उच्च माविको खेल मैदानमा महोत्सवमा स्थानीय उत्पादनको जानकारी, उत्पादित वस्तुको प्रवद्र्धन, कला संस्कृतिको जगेर्नालाई प्रमुख जोड दिईएको महोत्सव मूल समारोह समितिका संयोजक विवेक न्यौपानेले बताउनुभयो ।

Share.

Leave A Reply