अमरापुरी महोत्सवमा आज ज्योती मगरको बबाल प्रस्तुति

0

गैँडाकोट, ६ असोज । “युवाहरुको आह्वान आगन्तुक पर्यटकलाई सम्मान” भन्ने मुल नाराका साथ गैंडाकोट अमरापुरीमा मंगलबारबाट जारी ऐतिहासिक अमरापुरी महोत्सवमा आज विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । हरेक दिनको फरक फरक कलाकारको उपस्थितीले महौल नै फेरिएको छ । अमरापुरी चोक लक्ष्मी माविको प्रागंणमा जारी कार्यक्रममा शुक्रबार लोकदोहोरी गायिका ज्योती मगरको बबाल प्रस्तुतिको साथसाथमा भजनप्रतियोगिता, दुनाटपरी प्रतियोगिता, कमेडियन दिनेश काफ्लेको प्रस्तुती, सिसीरा डान्सरको प्रस्तुती, एसएसएस ब्याण्डको प्रस्तुती रहने आयोजक रेन्वो युथ क्लबका सचिव हरि रेग्मीले जानकारी दिनुभयो । शुक्रबार हुने भजनप्रतियोगिताका लागि १० भन्दा बढी समूहले दर्ता गरेका छन् । लोकदोहोरी गायिका ज्योतीमगरको प्रस्तुती दिउँसो साढे २ बजेपछि हुने आयोजकले जनाएको छ । महोत्सवको आजको चौँथोदिनसम्म १५ हजार भन्दा बढीले अवलोकन गरिसकेको आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटनका दिन ६ हजार, दोस्रो दिन ४ हजार, तेस्रो दिन ५ हजारले महोत्सवको अवलोकन गरेका छन् । हिजो चर्चित लोक गायक प्रजापति पराजुलीको विशेष प्रस्तुती रहेको थियो ।

Share.

Leave A Reply