अमरापुरी भएको दुर्घटनामा उपचारको क्रममा १ जनाको मृत्यु, ९ जनाको उपचार हुदै

0


गैँडाकोट, २६ कार्तिक । दाङबाट काठमाडौंका लागि छुटेको बस आज बिहान नवलपरासीको अमरापुरी भएको दुर्घटनामा उपचारको क्रममा १ जनाको मृत्यु भएको छ । दाङ थिलकपुर गाउपालीका बस्ने गङगी बिकको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । साथै अहिले चितवनको पुरानो र नया मेडिकलमा ९ जनाको उपचार भईरहेको छ । अन्य १५ जनाको सामान्य उपचारपछि डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर पल्टिँदा २५ जना घाइते भएका छन् । दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो ।

Share.

Leave A Reply