अमरापुरीमा ध्रुवतारा युवा समाजले देउँसी भैलो प्रतियोगिता गर्दै

0

असोज २०, गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोट अमरापुरीमा रहेको श्री ध्रुवतारा युवा समाजले देउँसी भैलो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यहि कार्तिक १९ गते काग तिहारका दिन देउँसी भैलो प्रतियोगिता आयोजना गर्ने लागेको शनिबार युवा समाजले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । यो प्रतियोगिता नेपालमा नै पहिलो पटक हुन लागेको आयोजकले दावि गरेको छ । गैंडाकोट १६ नम्बर अमरापुरीमा उक्त प्रतियोगिताको हुने जनाईएको छ ।

अहिले देउँसी भैलोलाई विकृतिको रुपमा परिणत गरेर अरु भाखा तथा अरु शैलीमा खेल्ने संस्कार बढेकोले युवाहरुद्धारा नै संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले देउँसी भैलो प्रतियोगिताको आयेजना गरिएको आयोजक धु्रवतारा युवा समाजका अध्यक्ष राजन कंडेलले बताउनुभयो । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र उत्कृष्ट गरि विजेता घोषणा गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेलाई ९ हजार ९ सय ९९ रुपैयाँ, तेस्रो हुनेलाई ७ हजार ७ सय ७७ र उत्कृष्ट प्रस्तुतीलाई २ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply