अबको दुईवर्षपछि दशैंमा नयाँ नोट बन्द गर्ने योजना

0

कार्तिक ३

दशैका समयमा नोट रङ्गाउने बढ्दै गएपछि राष्ट्र बैंकले अबको दुईवर्षपछि दशैंमा नयाँ नोटको वितरण नै बन्द गर्ने योजना बनाएको छ । दशैंको टीका लगाएपछि गच्छेअनुसार मान्यजनले रातो रंगले रंग्याएर दिने कारण भर्खरै छापिएका नोट जारी हुनासाथै काम नलाग्ने बन्ने गरेका छन् ।दशैंमा टिका लगाउँदा र पुजाआजा गर्दा नोटमा अबिर, केसरीसहित रङहरु लाग्छन् । यस्ता नोट राष्ट्र बैंक पुगेपछि पुनः त्यसलाई बजारमा पठाइँदैन ।

र, त्यसको सट्टामा नयाँ नोट छापिन्छ । यसमा ठूलो लगानी लाग्छ ।यसरी नोट फोहर भएका कारण राज्यको वर्षे्नि ४० करोड बराबरको अनावश्यक खर्च हुँदा पनि यसबारे खासै सोचिएको थिएन । यो पटक भने राष्ट्र बैंकले दशैंमा नयाा नोट बाँड्ने प्रचलन पनि कायमै राख्नेरनराख्नेबारे बहस सुरु गरेको छ ।नयाँ नोटलाई दशैंमा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले सबैमा अनुरोध गरेको छ ।

नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई वर्षमा ४० करोडको अतिरिक्त ब्ययभार थपिन्छ । यस्ता फोहर नोट खिचेर पुन छाप्नको लागि राज्यको वर्षमा करोडौं खर्चिनु परिरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले बताए ।

Share.

Leave A Reply