प्रचण्डले भने पाँच वर्ष भित्रै नारायणीमा पानी जहाज चल्छ, पूर्वपश्चिम राजमार्गमा रेल गुड्छ

0

 

नवलपुर, १४ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब ४ बर्षमा नारायणी नदीमा पानी जहाज चल्ने गरी सरकार लागि परेको बताउनुभएको छ । सरकारले गति लिन थालिसकेको बताउँदै दाहालले पूर्वपश्चिम रेल गुड्ने बताउनुभयो । कावासोतीको त्रिभूवन बाल माविको स्वर्ण महोत्सव समारोहमा दाहालले अब  सरकारको विकासको गति नरोकिने बताउनुभयो ।

सरकारले गति लिन ढिलो भएको स्वीकार गर्दै पूर्व प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षाको कार्यक्रम अघि सारेर महत्वपूर्ण काम गरेको बताउनुभयो । सामाजिक न्याय, सामाजिक सुरक्षा र समाजवादको आधार तय गर्न समाजिक सुरक्षा कार्यक्रम राम्रो उदाहरण भएको दाहालको भनाइ थियो ।

सरकारले गरेका सम्पूर्ण संकल्प चार वर्ष भित्र पुरा हुने र त्यसका लागि आधार बनिरहेको दाहालले बताउनुभयो । अहिले नीति निर्माण र विधिविधान बनाउँदा समय गएको हुँदा अबको ४ वर्ष सरकार विकासको बाटोमा अघि बढ्ने छ । निर्वाचनका क्रममा गरेका केही बाचा अधुरो रहेको महशुस गर्दै दाहालले बुवाआमालाई अर्को बजेटमा ब्याज सहित बृद्ध भत्ता बढ्ने दाबी गर्नुभएको छ । राज्यले घोषणा नगरेपनि त्रिभूवन बाल माध्यामिक विद्यालय नमुना रहेको बताउँदै सहयोगका लागि आफू प्रतिवद्ध रहेको नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले बताउनुभएको छ ।

 

 

Share.

Leave A Reply