अपेक्षा धेरै छन्, स्रोत साधन सीमित छन् – वडा अध्यक्ष डिलाराम रिजाल

0

गैँडाकोट नगरपालिका वाड नं. ८ को विकास निर्माणकालागि ४३ लाख बजेट परको बताउने वडा अध्यक्ष डिलाराम रिजालले आफ्नो वडामा ठूला ठूला समस्या नरहेको तर साना तिना समस्याका लागि योजनागत रुपमा काम अघि बढाएको बताउनुहुन्छ । लामो समय पछि स्थानीय तहको निर्वाचन भएको छ । जनताका अपेक्षा बढेका छन्, स्रोत सीमित छ, यसको समुचित व्यवस्थापन चुनौती हो भन्ने रिजालले गैँडाकोट ८ का बाटोघाटोको स्तरउन्नतीलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ । गैँडकोट ८ का समस्या, समाधान र योजनाका विषयमा वडा अध्यक्ष डिलाराम रिजालसंग सम्पादक श्रीधर उपाध्यायले गर्नुभएको कुराकानीको सम्पादीत अंश ।
वडा अध्यक्ष भएपछि व्यस्तता निकै छ नि ?

मतदाता परिचयपत्र र नागरिकता बनाउने टोली गैँडाकोट नगरपालिकामा आएका कारण पनि केही व्यस्तता पहिलेको तुलनामा अलि बढी भएको हो । विहान १० बजेबाट बेलुका पाँच बजेसम्म जनताका कामहरु गर्नुपर्ने हुन्छ यस कारण पनि व्यस्तता हो ।
वाड नं. ८ बाट कति जनाको मतदाता परिचय पत्रमा नाम दर्ता भयो ?
श्रावण २२ गते गैँडाकोट ८ को पालो थियो । करिब ३ सय जनाले नाम दर्ता गराउनुभएको छ । अहिले ३२ गतेसम्म जारी पनि छ । हेरौँ कति हुन्छन् । अmभै छिट्फुट हुनुहुन्छ ।
वडाको समस्या र समाधानका कुरा गरौँ । गैँडाकोट ८ मा के समस्याहरु रहेका छन् ?
गैँडाकोट ८ मा खासै समस्याहरु छैनन् । गैँडाकोट ८ का स्थानीय भनेका अलि बढी शिक्षित र सचेत नागरिक रहेको ठाउँ भएकाले त्यति ठूला ठूला समस्या रहेको देख्दिन । वार्षिक कार्ययोजना अनुसार वडामा देखिएका साना समस्याहरुलाई क्रमिक रुपमा हल गर्दै जाने छौँ ।
गैँडाकोट ८ को विकासका लागि के कस्ता योजनाहरु अघि सार्नुभएको छ ?

गैँडाकोटको सबै क्षेत्रको विकासका लागि आवश्यक योजनाहरु अघि सारेका छौँ । गैँडकोट ८ मा स्वास्थ्य सुधारका लागि, शिक्षाको गुणस्तरीयता अभिवृद्धिका लागि, वातावरण स्वच्छताका लागि, बालमैत्री वडा बनाउनका लागि, सडक सुधारका लागि, सिंचाईका लागि, कृषिका लागि धेरै क्षेत्रका समुचित बिकासका लागि योजना बनाएका छौँ ।
सडक सुधारका लागि के कस्ता योजना बनाउनुभएको छ ?

हामीले अध्ययन गरेर केही सडकलाई योजनामा पारेका छोँ । अति आवश्यक बाटोका रुपमा ति बाटोहरुको स्तरउन्नतिका लागि काम गरेका हौँ । नन्दन कालिका सडक । नन्दन कालिका सडक भन्नाले नन्दन सामुदायिक वनदेखि कालिका मन्दिरसम्मको बाटो पहिलो प्राथमिकतामा परेको छ । राजमार्गदेखि कुमारीटोलसम्मको बाटो । तेस्रो बाटो भनेको विजय निमावि देखि कुलाको बाँध हुँदै सिद्धिविनायक टोलसम्मको बाटोलाई कालोपत्रे गर्ने योजनामा पारेका छौँ ।
मुख्य प्राथमिकतामा परेका यीत तीन बाटोलाई कति बजेट परेको छ ?

विजय निमावि देखि सिद्धीविनायकसम्मको बाटोलाई १० लाख बजेट परेको छ । पुरानो ६ लाख ७५ हजार रुपैँया रहेको छ । नन्दन कालिकालाई १० लाख रुपैँया रहेको छ, यसका लागि पुरानै ६ लाख ७५ हजार रहेको छ । कालिका हरिहर जाने बाटोका लागि चार लाख बजेट छुट्याइएको छ ।
ग्राभेल गर्नुपर्ने सडकको अवस्था के छ ?

ग्राभेल गर्नुपर्ने चाँहि टोल विकास संस्थाका माग अनुसार छुट्याएका छौँ । टोल विकासका बाटोका लागि ६० हजार रुपैँया छुट्याएको छु । उज्जवल टोलविकास संस्थाका लागि एक लाख, सिद्धिविनायक टोलका लागि एक लाख पच्चीस हजार छुट्याएको छु । जय महादेव टोलका लागि ६० हजार छुट्याएको छ । कालिका टोल विकास संस्थाका लागि ८५ हजार रुपैँया छुट्याएको छु । यही रकमले टोलमा आवश्यक बाटोहरुमा ग्राभेल हुने छ । नयाँ जनप्रतिनिधि भएका कारण हामी माथि जनताका अपेक्षा धेरै छन् । अपेक्षा धेरै छन्, स्रोत साधन सीमित छन् । कुरो के पनि बुझ्नुपर्दछ भने बजेट सिमित मात्रै छ, सबै ठाउँमा पुग्न गाह्रो पनि छ । आगामि आर्थिक वर्षमा नयाँ ठाउँमा योजना पारेर पाँच वर्षभित्र सबै ठाउँमा परिवर्तन गर्नसकिन्छ भन्ने विश्वास छ ।
बर्षायाममा पानी जम्ने समस्याले स्थानीय आजित छन् । अब ढल निकास सहितका बाटो निर्माणका लागि यस वर्ष छुट्याइएका रकम कालोपत्रे र ढल निकास दुवैका लागि प्रयाप्त छ ?

छैन, छैन यो वर्षको बजेटले काम सुरु हुन्छ, प्रयाप्त भने होइन । पाँच वर्षभित्रमा काम सम्पन्न हुने गरी योजना बनाउने छौँ । केही सडक भने पूरा हुन्छन्की भन्ने विश्वास छ ।
यसपटक बाटो खोल्यो, प्रराम्भीक काम गर्यो, अर्को वर्षसम्म संरचना भत्किन्छ फेरी काम सुरु गर्यो ? यसरी त कहिले बन्ला खै ?

त्यस्तो होइन, आवश्यकता अनुसार ढल नबनाइ नहुने ठाँउ छ । भोली विग्रने ठाउँ छ पानीका कारण भने ढल बनाउने । आवश्यकता अनुसार ढल सहितका बाटो बनाउने हो ।

 

पोखरी बन्ने सडक पनि छन् नी है ?

होइन, होइन वर्षायाममा पानी केही समय जम्ने त होला सधैँ पोखरीनै बनिरहने बाटो त छैन । पानी धेरै बेर जम्दैन, सुखेर जान्छ ।

 

कृषि क्षेत्रको सुधारका लागि के के योजना छन् ?
हाम्रो वडामा कृषि क्षेत्रमा खासै कार्यक्रम छैनन् विशेष गरी, खेतीयोग्य जमिनमा घर बन्दै छन् । कृषि योग्य जमिन भनेको गैरी क्षेत्र छ । कृषिप्रतिको आकर्षण पनि त्यति छैन ।
कृषि क्षेत्रलाई बजेट नै छुट्याउन नपर्ने हो ?
वास्तवमा भन्ने हो भने कृषिमा त्यति जमिन पनि मानिसहरुको आकर्षण देखेको छैन । भावि दिनमा यस क्षेत्रका लागि त्यतिधेरै बजेट अवाश्यक छ, योजना आवश्यक छ, यस वडामा खासै लगानी गर्नुपर्दछ जस्तो लाग्दैन ।
शिक्षा क्षेत्रको सुधारका लागि के गर्दै हुनुहुन्छ ?
गैँडाकोट ८ का ७० प्रतिशत विद्यार्थी निजि विद्यालयमा अध्ययन गर्दछन् । सरकारी विद्यालयका रुपमा कालिका र विजय निमावि रहेका छन् । सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको अवस्था छ । जनताका मन जित्न सरकारी स्कूलले काम गर्नुछ । यसकष्लागी हाम्रो सहयोग रहन्छ । अंग्रेजीमाध्यमका लागि विशेष जोड दिनुपर्ने देखिन्छ । सरकारी विद्यालयको गुणस्तरीयता अभिवृद्धिका लागि जनचेतना र छलफल अभियान चलाउनु आवश्यक छ ।
फोहोर व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
वार्ड प्रतिनिधिहरुलाई विभागिय कामको जिम्मा लगाएको छ । महिला तथा बालबालिकाको क्षेत्र हेर्न का लागि बालप्रकाशजी, महिला तथा जनचेतना हेर्नका लागि हरिमाया अधिकारी, द्धन्द झैभगडा मिलाउन नरेश थापालाई, बालक्लबहरुका लागि सुशिला परियारलाई जिम्मा लगाएको छ । उहाँहरुले काम गर्दै हुनुहुन्छ । फोहोर व्यवस्थापनका लागि पनि जिम्मा लागएको छ । प्रतिवेदन तयार पार्दै हुनुहुन्छ । हामीले व्यवस्थीत रुपमा अघि बढ्ने सोच बनाएका छौँ ।
सबैठाउँमा बत्तिपुगेको छ ?
केही केही ठाउँमा निजि क्षेत्रबाट तार टाँगेका छन् । नन्दनसामुदायिक वनको दक्षिण पट्टीको बाटोमा समस्या छ । यहाँ पाँचवटा पोलको आवश्यकता छ । कालिका टोल विकास संस्थामा सातवटा पोलको आवश्यकता छ । हाम्रो वडामा करिब ८० वटा पोलको आवश्यकता छ । यही आर्थिक वर्षमा कति सम्भव हुन्छ । प्रयास गर्दै छु ।
बै वडामा देखिएको समस्या लागूपदार्थ सेवनको समस्या, गैँडाकोट ८ मा के छ ?
हाम्रो टोलमा लखन चोकबाट भित्र, कछुवा खोला क्षेत्रमा अलिअलि लागूपदार्थको सेवन हुन्छ भन्ने सुनेको छु । इलाका प्रहरीसंग समन्वय गरेर त्यस क्षेत्रमा अनुगमन बढाउने काम गर्दै छौँ ।
जनप्रतिनिधि भएर काम थालेपछि के समस्या परेको छ ?
त्यस्तो समस्या परेको छैन, कुमाल टोलको बाटो साह्रै समस्या थियो । त्यस बाटोमा हामीले ८०÷८५ ट्रिप ट्राक्टर ग्राभेल गरेका छौँ ।

 

वडा कार्यालयका लागि स्थान हेरिरहनुभएको छ ?
पक्कै पनि सोचिएको छ । हामीसंग केही जग्गाहरु छन् । नन्दन सामुदायिक वनमा छ । लखन चोकमा पनि जग्गा रहेको छ । नन्दन सामुदायिक वनलार्इृ भवन बनाउन सहयोग गर्ने र त्यहाँ वडा कार्यालय बनाउन पनि सकिन्छ । अहिले नै फिक्स भएको छैन, छलफल जारी छ ।

Share.

Leave A Reply