अन्तर्राष्ट्रिय बालिका दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै, विजय एफएमको एक कार्यक्रम बालिकालाई हस्तान्तरण

0

अनिता रानाभाट, असोज २५ गैंडाकोट । अन्तर्राष्ट्रिय बालिका दिवस बिहिबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा टेक ओभर कार्यक्रम हुँदैछ । सोही कार्यक्रम अनुरुप विजय एफएम १०१.६ ले बिहान विशेष कार्यक्रम बालिकालाई हस्तान्तरण गरेको थियो । गैंडाकोट ५ की १५ वर्षिया स्नेहा विश्वकर्माले सो कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीता जनाउँदै गैंडाकोट नगर स्तरिय बाल सञ्जालकी अध्यक्ष अलका आचार्यले बालिकाका सवाल हरेक व्यक्तिले जान्नु आवश्यक रहेको बताउनुभयो । देशमा बालिकामाथी हिंसा वढिरहेको जनाउँदै उहाँले बालिकाको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा अर्का अतिथिको रुपमा उपस्थित गैंडाकोट १० मा रहेको बालबालिका संरक्षण केन्द्र सहारा नेपालमा आश्रीत ११ वर्षिया विन्दु विकले आफुले जस्तै अरुले दुःख भोग्न नपरोस भन्ने हेतुले आफुले नेतृत्व लिन चाहेको बताउनुभयो ।

विश्वमा अहिले एक अर्ब १० करोड भन्दा धेरै बालिका रहेको राष्ट्रसंघले जनाएको छ । कार्यक्रमको सहजिकरण गर्दै विजय एफएम १०१.६ का कार्यक्रम संयोजक तथा समाचार प्रमुख प्रेम क्षेत्रीले एफएमले कार्यक्रमका माध्यमबाट किशोरीहरुको सुरक्षा र हक अधिकारका लागि रेडियोले वकालत गर्दै आईरहको बताउनुभयो । उहाँले आगामी दिनमा पनि किशोरीहरुले उठाएका सरोकारहरुलाई निरन्तर उठाउने र किशोरीको हक अधिकारका लागि निरन्तर कार्यक्रम गर्ने बताउनुभयो ।

Share.

Leave A Reply