अन्तर्राष्ट्रिय जगतमा शिर उचो बन्यो ः घिमीरे विकू दिर्घकालिन छात्रवृती, विकू टेक्ने लठ्ठी वितरण र सिपमुलक तालिम समापन

0

प्रेम क्षेत्री
गैंडाकोट, वैशाख २९ । पुर्वी नवलपरासीको गैंडाकोटमा बिकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार बालबालिका, युवा तथा वृद्धवृद्धा लक्षित संयुक्त कार्यक्रम सम्पन्न गरेको छ ।


कालिका मन्दिर कालिका आश्रम गैंडाकोटमा विकू दिर्घकालिन छात्रवृती वितरण, विकू टेक्ने लठ्ठी वितरण र सिपमुलक तालिम समापन संयुक्त विशेष समारोह सम्पन्न गरेको हो । सो अवसरमा ४० जना विद्यार्थीलाई १ वर्षका लागि आवश्यक छात्रवृती बिकूको लोगो अंकित झोला, ड्रेस, कपि, कलम तथा आवश्यक टाई, बेल्ट जुत्ता खरिद तथा शुल्कका लागि नगद हस्तान्तरण गरिएको हो । त्यस्तै ३ महिने ईलेक्ट्रिसियन तालिमका सहभागी ५० जना तथा १५ दिने बाख्रापालन तथा कृषि तालिमका सहभागी २० जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै विकूका ४६ जना वृद्धवृद्धालाई विकु मेरो साहरा अंकित लठ्ठी हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै यशियाली ऋण महासंघका अध्यक्ष ऋषिराज घिमिरेले बिकू सहकारीको खुलेर प्रशंसा गर्नुभयो । उहाँले एक्सेस ब्रान्ड प्राप्त गर्न सफल विकू जस्तै सहकारीका कारण यशियाली ऋण महासंघमा नेपालले नेतृत्व पाएको र शिर उचो गर्न पाएको उल्लेख गर्नुभयो । साथै उहाँले सहकारीहरु जहिले पनि सदस्य केन्द्रित बन्नुपर्ने बताउँदै अब सदस्य सुरक्षाका लागि जिवन बिमा लगायतका क्रियाकलाप गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेस्कुनका सञ्चालक भरतप्रसाद दवाडीले विकू अन्तराष्ट्रिय ख्याति प्राप्त गर्न सफल रहेको बताउँदै सहकारीको पाठशाला रहेको बताउनुभयो ।
व्यवसायिक तथा सिप विकास तालिम केन्द्र बुटवलका प्रमुख बालकृष्ण पौडेलले समाजमा कुनै काम गर्ने हो भने विकूसँग सहकार्य गर्दै अघि वढे नवलपुरका सवैसम्म पुग्न सक्ने बताउनुभयो ।
गैंडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख, उप सचिव राजु बानियाँले संयुक्तरुपमा बालबालिका, युवा तथा वृद्धवृद्धा लक्षित कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले पढ्न खोज्नेलाई छात्रवृती, गर्न खोज्नेलाई सिप र हिंड्न खोज्नेलाई साहरा प्रदान गरेर उदाहरणीय काम गरेको बताउनुभयो ।
बिकूका पुर्व अध्यक्ष एवं प्रर्वद्धकिय संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले प्राप्त छात्रवृती, सिप तथा लौरोको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
गैंडाकोट वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर शिक्षा उप समितिका संयोजक ध्रुवराम पौडेलले स्थानिय सरकारले गर्नुपर्ने काम जिम्मेवारपुर्ण तवरले विकूले सम्पन्न गरेको बताउनुभयो ।
नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव होमनाथ जैशीले बिकू नामले बचत तथा ऋणको कारोबार गर्ने भएपनि कामले सवैको साहरा बन्न सफल रहेको बताउनुभयो ।
विकूका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक तथा विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेलले जन्मदेखी मृत्युसम्म बिकू भन्ने नारा सार्थक बनेको भन्दै समाजको सहयोगी रहेको बताउनुभयो ।
सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष वेदप्रसाद गौडेलले जनजिविकाको सवालमा बिकूले जिवनपद्धतीलाई वदलेर जिवन जिउन सहज बनाएको बताउनुभयो ।
कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष धनप्रसाद सापकोटाले बिकूका हरेक कार्यक्रममा सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
छात्रवृति पाएपछि कक्षा ३ पढ्ने दिपिका ढकालले कार्यक्रममा माईक समातेर विकुलाई पनि उज्ज्वल बनाउनुपर्ने र आफुहरु पनि उज्ज्वल बन्ने बताउनुभयो ।
तालिमका सहभागि जिवन न्यौपानेले तालिम फलदायि रहेको बताउनुभयो । अर्का सहभागि रामप्रसाद कालेले सिप नहुदाँ विदेशमा आफुले पाएका दुःख सम्झदै सिप भएपछि अब गर्व गर्न लायक भएको बताउनुभयो ।
कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष खेमराज सापकोटा, विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिका अध्यक्ष गोपिनाथ खरेल, गैंडाकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नवराज कंडेल, राष्ट्रिय सहकारी संघका पुर्व सञ्चालक तथा हाल जिल्ला सञ्चालक केशवप्रसाद सापकोटा, आईडियल ईन्जिनियरिङ कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अरुण अर्याल, समाजसेवी यमुनाथ आचार्य, विकूका सञ्चालक, संस्थापक सदस्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । विकूका सह सचिव प्रेमप्रसाद सापकोटाले स्वागत गर्नुभएको कार्यक्रम सचिव गोविन्द रिमाल तथा प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यवहाक अध्यक्ष त्रैलोक्यनाथ खरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply