अन्तराष्ट्रिय स्कुल अवार्ड गैँडाकोट ईंग्लीस स्कुललाई

0

विजय खबर ।

११ भदौ ।

नवलपरासीको एक बिद्यालयले अन्तराष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले सुरु गरेको अन्तराष्ट्रिय स्कुल अवार्ड परियोजनामा गैँडाकोट ईग्लीस स्कुल देशैभरका २६ बिद्यालयमध्ये उत्कृष्ट बन्न सफल भएको हो । परियोजना अन्तर्गत देशैभरका २६ बिद्यालयहरुले गतबर्ष देखी अन्तराष्ट्रिय स्तरको शैक्षीक पद्धती र शिक्षण क्रियाकलाप सञ्चालन गरेका थिए ।

आईतबार व्रिटिस काउन्सील, नेपाल सरकार शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले काठमाण्डौ सानेपामा गरेको कार्यक्रममा बिद्यालयलाई अवार्ड प्रदान गरीएको हो । अवार्ड प्रदान गर्दै नेपालका लागी बेलायती राजदुत रिचार्ड मोरिजले नेपालका शैक्षीक संस्थाको शिक्षण सिकाईमा परिवर्तन ल्याउदै बिश्वव्यापी बिद्यार्थी तयार पार्नुपर्ने बताउनुभयो । त्यसका लागी नेपालका बिद्यालय र नेपाल सरकारसंग बेलायत सहकार्य गर्न तयार रहेको उहाँको भनाई थियो ।

अवार्ड घोषणा कार्यक्रममा सबै २६ बिद्यालयले आ आफ्नो बिद्यालयबाट प्रस्तुती दिएका थियो । सो प्रस्तुतीमा पनि गैँडाकोट ईंग्लीस स्कुल उत्कृष्ट भएको छ । बिद्यालयका बिद्यार्थीहरुले अवार्ड वितरण कार्यक्रममा विश्वव्यापी समस्याबारे लघु नाटक प्रर्दशन गरेका थिए । बिद्यालयका प्राचार्य हिराराल अर्यालले गैँडाकोट ईग्लीस स्कुलले शिक्षा प्रणालीमा सुधारको आवश्यकता देखेर नै व्रिटिस काउन्सीलसंग सहकार्य गरेको बताउनुभयो । कार्यक्रममा बिद्यालयको तर्फबाट प्राचार्य अर्याल, आईएसए कोअर्डिनेटर बिना कोईराला तथा व्रिटिस काउन्सीलका कन्ट्री डाईरेक्टर डा योभन ईलेक, शिक्षा विभागका महानिर्देशक  बाबुराम पौडेल लगायतको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply