अन्तत मिडिया काउन्सिल विद्येयकका विवादीत बुँदा हटाइने

0

गैडाकोट, ६ जेठ । पत्रकार एवम् नागरीक समाज आन्दोलनमा उत्रिएपछि अन्तत सत्तारुढ दल नेकपाका नेताहरुपनि मिडिया काउन्सिलका विवादीत वुँदाहरु हटाउन सहमत भएका छन् । विवादीत विषय परिवर्तन गर्ने निष्कर्षमा शीर्ष नेताहरु पुगेका हुन् । दर्ता विद्येयक सिधै फिर्ता लिँदा राम्रो सन्देश नजाने भन्दै संशोधन हालेर विवादीत बुँदाहरु हटाइने भएको हो । राष्ट्रियसभामा पेश भएको विद्येयक प्रतिनिधिसभामा आउनेछ र समिति मार्फत सच्याइने नेकपाका नेता योगेश भट्टराईले जानकारी दिनुभयो । यता नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आजदेखि जेठ २५ गतेसम्म गर्ने कार्यक्रमहरु सार्वजनिक गर्दै आन्दोलन गर्ने बताएको हो  ।

Share.

Leave A Reply