…..अनि बनाऊ मेरो हृदय पत्थरको ! (कविता )

0

 

क्षितिज लोचन,चितवन

आग्रह
हे भगवान्, हे भगवान्
यो संवेदनशीलता कुन वस्तु हो
किन थोपरिदियौ ममा
हो किन अति संवेदनशील बनाइदियौ मलाई
लाग्छ लज्जावती छँुदा म आपूm लजाउँछु
भगवान्
कि त घटाइदेऊ ममा निहीत संवेदनशीलता
कि त हटाइदेऊ हृदय मेरो
तिमीलाई म संवेदनशील भएर आग्रह गर्दैछु्र

विडम्बना म यति संवेदनशील भएछु
कसैले ढलमा फोहोर फाल्दा
म ढल फोहोर भयो भनेर चिन्तित भए
आगो बालिसकेपछि काठ खरानी हुँदा रोए
पानीमा कसैले ढुड्डा हान्यो
अनि म पानीको दुःख महसुस गर्दै सुकसुकाएँ
म हरेक कुरामा पूर्णता खोज्दछु
हो अपूर्णतामा सहमत हुनै सक्दिनँ
आखिर किन, किन भगवान्
मलाई अति संवेदनशील बनायौ

अरूको गल्तीले मलाई पोल्छ
सारा प्रकृतिको वेदनाले मलाई छुन्छ
गाग्री छचल्किँदा मन च्वास्स दुख्छ
घंैटो चुहिँदा खेरि खहरेझँै बग्छ
र रित्तिन्छु म चुहिने घैंटोभन्दा पहिले
किन भगवान्, आखिर किन
मलाई साबुनको फोकीजस्तै बनायौ
के मेरो पीडामा तिमी खुसी भेट्छौ
या मेरो मन अमिलिँदा तिमी
तिमी त्यै अमिलोले चटपट बनाउछौ

बिन्ती भगवान्, बिन्ती तिमीलाई
बस् मलाई कुनै घटना घट्नुअघि
नसुन्ने बनाऊ
नबुझ्ने बनाऊ
नदेख्ने बनाऊ
नबोल्ने बनाऊ

अनि बनाऊ मेरो हृदय पत्थरको
हो मलाई निर्जीव बनाऊ, तिमीजस्तै
सायद अब म यसरी सहन सक्दिनँ
त्यसैले, त्यसैले भगवान्
यो बिन्ती छ, यो आग्रह छ
मलाई संवेदनहीन बनाऊ
संवेदनाशून्य बनाऊ
हो मूर्ति बनाइदेऊ ।

Share.

Leave A Reply