अनशन तोड्न सभापति देउवाको आग्रह

0

काठमाडौँ, १७ माघ 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।

 

डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उहाँलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गर्नुभएको हो ।

 

डा केसीलाई भेट्न सभापति देउवासहित पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापालगायतका नेता शिक्षण अस्पताल पुग्नुभएको थियो । -रासस

Share.

Leave A Reply