अध्यात्मवादका पक्षमा सोच्न प्रधानमन्त्रीओली र प्रचण्डलाई शंकराचार्यको आग्रह (अडियो सुन्नुहोस)

0

जगद्गुरु शंकराचार्यलाई चितवनमा नागरिक अभिनन्दन

गैँडाकोट, ४ जेष्ठ । जगद्गुरु शंकराचार्यका चार पीठ मध्ये श्री गोवर्धन मठ पुरीका १४५ औँ शंकराचार्यका रुपमा पदासीन स्वामी निश्चलानन्द सरस्वती महाराजको शुक्रबार चितवनमा नागरिक अभिनन्दन गरिएको छ । जगद्गुरु शंकराचार्य स्वागत समारोह मूल समितिद्धारा आयोजित नागरिक अभिनन्दन समारोहमा विश्व हिन्दु महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दयाराम पाण्डेले नागरिक अभिनन्दन पत्र बाचन गरेपछि सन्त श्री ज्ञानानन्द सरस्वती महाराजद्धारा संयुक्त रुपमा नागरिक अभिनन्दन गरिएको थियो ।
विशाल नागरिक अभिनन्दन तथा आशिर्वचन कार्यक्रममा मध्य नेपालका धेरै जिल्लाबाट हजारौँको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा हरिहर सन्यास आश्रमका पीठाधिश तथा नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन स्वामी शंकराचार्यको आशिर्वाद आवश्यक रहेको बताउनुभयो ।
नागरिक अभिन्दन पश्चात उपस्थित सर्वसाधारणलाई आशिर्वचन प्रदान गर्दै स्वामी निश्चलानन्द सरस्वती महाराजले धर्म विना मानव जीवनको अस्तित्व नरहेको बताउनुभयो । भौतिकवादले असलीमा आनन्द प्रदान नगर्ने बताउँदै उहाँले आध्यात्मिक जागरणमा सबैको भलो रहेको उल्लेख गर्नुभया । स्वामी महाराजले धेरै समय धर्म के हो भन्ने बारेमा प्रकाश पार्नुभएको थियो ।
भौतिकवादको क्षणिकतामा परेर वैदिक धर्मलाई वेवास्ता गर्न नहुने आशय राख्नुभएका स्वामी महाराजले नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ भन्ने सांकेतिक विचार व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका नेता प्रचण्ड प्रति ईंगित गर्दै निश्चलानन्द सरस्वती महाराजले अध्यात्मकताको पक्षमा विचार गर्न आग्रह गर्नुभएको छ ।
निश्चलानन्द सरस्वती महाराजले दुई सय भन्दा बढी अनुसन्धनात्मक ग्रन्थहरुको प्रणयन गर्नाका साथै विशेषतः वैदिक आर्य विज्ञान गणितका माध्यमबाट आधुनिक वैज्ञानिकहरुलाई मार्गदर्शन गर्दै आउनुका साथै मठमन्दिर, गोवंश, वर्णव्यवस्था, वैदिक संस्कृति, धर्म सादाचारको प्रचारप्रसारमा आफ्नो जिवन समर्पण गर्दै आउनुभएको छ । शंकराचार्यले विहिबार देवघाटधामका विभिन्न मठमन्दिरहरुको दर्शन गर्नुभएको थियो ।
अडियो सुन्नुहोस

 

Share.

Leave A Reply