अक्सफोर्ड भन्छ “डि प्लस विद्यार्थीलाई पहिल्यै भनेरनै भर्ना गरेका हौँ ।”

0


गैँडाकोट, १५ चैत । अक्सफोर्ड कलेज इन्जिनियरीङ एण्ड म्यानेजमेन्ट गैडाकोटका १८ जना विद्यार्थी सहित ४२ वटा कलेजका ३ सय भन्दा बढी विद्यार्थी मारमा परेका छन् ।  अक्सफोर्ड कलेजका बिबिए र विसिए फस्ट सेमेष्टरमा अध्ययनरत १८ जना विद्यार्थीहरुको भविष्य अन्यौलमा रहेको छ । कलेजहरु र पोखरा विश्वविद्यालयका उच्च पदाधिकारीबीच भएको भनिएको भद्र सहमति तोडिदा बिद्यार्थीहरुको  भबिष्य अन्योलमा परेको पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ नेपालद्धारा जारी पत्रमा उल्लेख गरिएको छ ।


विश्वविद्यालयको प्राज्ञिक परिषको जेठ १८ गते बसेको ६८ औँ बैठकको निर्णय अनुसार कक्षा ११ र कक्षा १२ मा छुट्टाछुटै ग्रेड सि वा जिपिए २.० लाई व्यवस्थापन तथा विज्ञान तथा प्रविधि संकायमा अध्ययनका लागि न्यूनतम योग्यता परिभाषित गरिएकोमा कलेज भर्ना भई प्रथम सेमेष्टर अध्ययन गरिसकेका विद्यार्थीको भविष्यमा अन्योलमा पार्न नहुने पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ नेपालका अध्यक्ष प्रा.डा. रामचन्द्र आचार्यको हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
आजबाट सुरु हुने भनिएको  परीक्षाका लागि आवश्यक प्रवेश पत्र लिन जाँदा कलेजले रजिष्ट्रेशन फारम नै विश्वविद्यालयले स्वीकार नगरेको जनाउँदै प्रवेश पत्रनै नआएको बताएको विद्यार्थीहरुले बताएका छन् । यद्यपी हिजो अवेर राति पोखरा विश्वविद्यालयले एक विज्ञप्ती जारी गर्दै आजबाट सुरु हुने सवै परीक्षाका कार्यक्रम अर्को सुचना जारी नगर्दासम्म स्थगित भएको जनाएको छ ।
विश्वविद्यालयले डि प्लस आउने विद्यार्थीहरुको रजिष्ट्रेसन फर्म नबुझ्दा समस्या आएको हो । यता अक्सफोर्ड कलेजले भर्ना लिने बेलामा नै विद्यार्थीलाई यस बारेमा सचेत बनाइएको दाबी गरेको छ । कलेज प्रशासनले विद्यार्थी भर्ना फाइलमा यदी प्रशासनले डि प्लसको केसमा रजिष्ट्रेसन नलिएमा ५ हजार रकम कट्टा गरी बाँकी रकम फिर्ता गरिने शर्तमा विद्यार्थी भर्ना लिएको कलेजका सहायक प्रिन्सिपल तिलक पन्थीले बताउनुभयो । पन्थी भन्नुहुन्छ “ डि प्लस विद्यार्थीलाई पहिल्यै भनेर नै भर्ना गरेका हौँ ।

 

विश्वविद्यालयले भद्र सहमति तोड्दा समस्यामा परियो ।”  अन्य सबै बँुदा कम्प्युटराइज्ड रहे पनि अन्तिम कन्डिसन हातले लेखि कलेज प्रशासनको मात्र हस्ताक्षर रहेको छ । सम्पूर्ण विद्यार्थीलाई अन्तिम कन्डिसनका बारेमा भर्ना लिने बेलामानै सचेत गराइएको बताइएको छ । विद्यार्थीहरुको आग्रहका कारण भर्ना लिइएको कलेजले जनाएको छ ।
विहान कलेज पुगेका एक विद्यार्थी र अभिभावकले पनि आफुलार्ई सो कुरा जानकारी नरहेको, बल्ल थाहा भएको र आफूले हस्ताक्षर गर्दा अन्ति कण्डिसन नरहेको बताएका छन् । अभिभावकले जसरी भएपनि समस्याको समाधान गरी परिक्षा दिने वातावरण बनाउन आग्रह गरेका थिए । अभिभावकले विकल्प नभई विविएकै परिक्षा दिन पाउनुपर्ने बताएका थिए ।
पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ नेपालले यस विषयमा छलफल जारी राखेको र पोजेटीभ सन्देश प्राप्त हुने सहायक प्रिन्सिपल पन्थीले बताउनुभयो ।  विश्वविद्यालयका उच्च पदाधिकारीबीच मौखिक सहमति भएकालाई आधार मानि कलेजहरुले विद्यार्थी भर्ना लिएका थिए । एउटा विद्यार्थी भर्ना गर्दा दुई दर्जन भन्दा बढी टम्स एण्ड कण्डिसनमा हस्ताक्षर गर्ने कलेजहरुले मौखिक सहमति गरी विद्यार्थीलाई भर्ना गर्ने र अन्तिम समयमा मनोवैज्ञानिक असर थप्ने यो प्रवृत्ति गलत रहेको अभिभावकहरुको आरोप छ ।
गैँडाकोट २ मा रहेको अक्सफोर्ड कलेज इन्जिनियरीङ एण्ड म्यानेजमेन्टले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा पनि हासिल गर्दै आइरहेको छ । तर व्यवस्थापनमा बेलाबखत त्रुटी हुँदा विवादमा पर्ने गरेको छ ।

 

 

Share.

Leave A Reply