अक्सफोर्ड कलेज गैडाकोटको अर्को लापर्वाहि/१७ जना विद्यार्थीको प्रवेश पत्रनै नआएको खुलासा

0

Oxford College of Engineering and Management, Nawalparasi: Google

डोलराज रानाभाट, १५ चैत्र । अक्सफोर्ड कलेज इन्जिनियरीङ एण्ड म्यानेजमेन्ट गैडाकोटको फेरि अर्को लापार्वाहि सार्वजनिक भएको छ । विविए र विसिए फस्ट सेमेष्टरमा अध्ययनरत १७ जना विद्यार्थीहरुको भविष्य कलेजले फेरि पनि अन्यौलनमा पारेको छ ।

आजवाट सुरु हुने भनिएको  परीक्षाका लागि आवश्यक प्रवेश पत्र लिन जाँदा कलेजले रजिष्ट्रेशन फारम नै विश्वविद्यालयले स्वीकार नगरेको जनाउँदै प्रवेश पत्रनै नआएको बताएको विद्यार्थीहरुले बताएका छन् । अहिलेसम्म चुप वसेर परीक्षा दिने समयमा बल्ला कलेजले समस्याहरु सुनाएको भन्दै आफूहरुको भविष्यमाथि कलेजले गम्भीर खेलवाड गरेको उनीहरुको गुनासो छ ।

नाम नबताउने शर्तमा एक विद्यार्थीका अनुसार कलेजले सुचना दिएको समयमै आफूहरुले फर्म भरेको र आजवाट परीक्षा सुरु हुने भएकाले प्रवेश पत्र लिन जाँदा कलेजले यस्तो दुखद खवर सुनाएको बताउनुभयो । अभिभावकसहित कलेज आउन आग्रह गरेको र कलेज जाँदा समस्यामा परेका सवै विद्यार्थी र अभिभावक राखेर छलफल गर्नुको सट्टा एक एक जना गरि कार्यालयमा बोलाएको र पैसा फिर्ता दिने कुरा गरेको गुनासो ति विद्यार्थीको छ ।

”हाम्रो माग भनेको पैसा होइन परीक्षा हो” उनले भने ,कलेजले विश्वविद्यालयले प्रवेश पत्र नपठाएकाले हाम्रो गल्ती नभएको बताएको विद्यार्थीको भनाई छ । विविएका १३ जना र विसिएका ३ जना विद्यार्थीहरुको प्रवेश पत्र नआएको हो । उनीहरुले +2 मा वि प्लस ल्याएका थिए । यदि वि प्लस ल्याएकाले विविए पढ्न नपाउने भए कलेजले पहिलेनै किन भर्ना लियो विद्यार्थीहरुको प्रश्न रहेको छ ।

 लापर्वाही अक्सफोर्ड कलेजले मात्रै होइन सम्वन्धन पाएका अन्य कलेजको पनि उस्तै लापर्वाही रहेको भेटिएको छ । 

हेर्नुहोस् विज्ञप्ती 

यता कलेजले भने वि प्लस आउने विद्यार्थीलाई भर्ना लिने नियमनै नहुदापनि जवरजस्त भर्ना लिएको खुल्न आएको छ । पोखरा विश्वविद्यालयको नियममानै वि प्लस आउने विद्यार्थीहरुको भर्ना नलिन भनिएको विद्यार्थी नेताले जनाउनुभएको छ । भर्ना लिन पाउने कानुनी व्यवस्था नहुँदा नहुँदैपनि कलेजले विद्यार्थीहरुको भर्ना लिएको छ । खास समस्या के हो भनी वुझ्न कलेज प्रमुख हरि भण्डारीलाई सम्पर्क गर्दा उहाँको फोन उठेन भने भिम भण्डारीको मोवाइल स्वीच अफ रहेको छ ।

यद्यपी हिजो अवेर राति पोखरा विश्वविद्यालयले एक विज्ञप्ती जारी गर्दै आजबाट सुरु हुने सवै परीक्षाका कार्यक्रम अर्को सुचना जारी नगर्दासम्म स्थगित भएको जनाएको छ । यसले छुटेका १७ विद्यार्थी परीक्षामा सहभागी हुन पाउने सम्भावना बढेपनि ठोस निर्णय भने अझै आउन सकेको छैन ।

                                                  हेर्नुहोस् विज्ञप्ती 

Share.

Leave A Reply