अक्सफोर्ड कलेज गैडाकोटको विवाद जस्ताको त्यस्तै/नेविसंघ इकाइद्धारा ४८ घण्टे अल्टीमेटम (विज्ञप्ती सहित )

0


गैडाकोट, ६ चैत्र । अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्ट गैडाकोटको विवाद जस्ताको त्यस्तै छ । आन्तरिक प्रयोगात्मक नम्वर समयमै सम्वन्धीत निकायमा नपठाएर गम्भीर लापार्वाही गरेको कलेजमा विद्यार्थीहरुको आन्दोलन पनि जारी छ । पछिल्लो समय उत्पन्न विवाद समाधानको लागि कलेजले आह्वान गरेको वार्ता नाटक मात्रै भएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

वार्तामा आह्वान गरेको पत्र कलेजको आधिकारिक लेटरप्याडमा नछापिएको, आन्दोलनमा रहेका विद्यार्थी संगठनहरुलाई सम्वोधन पनि नगरिएको र जुन माध्यमका विद्यार्थीको समस्या हो त्यहि माध्यमको विद्यार्थीहरु मध्ये एक जनालाई पनि प्रतिनिधीको रुपमा नराखिएको भन्दै नेविसंघ इकाइ अध्यक्ष निरज तिवारीद्धारा हस्ताक्षरित विज्ञप्ती आज जारी गर्दै ४८ घण्टाभित्र समस्याको समाधान गर्न अल्टीमेटम दिइएको छ । कलेज प्रशासनले वार्ताका नाममा विद्यार्थीको आन्दोलन तुहाउन खोजेको आरोप लगाउँदै पूर्ण आधिकारिक रुपमा वार्तामा आह्वान नगरेसम्म वार्तामा नवस्ने अडान विद्यार्थीहरुको छ ।

साथै बल प्रयोग गरि आन्दोलन दबाउन खोजे त्यसबाट हुनसक्ने क्षतीको भागिदार कलेज प्रशासन हुनुपर्ने गरि उनीहरुले चेतावनी दिएका छन् । पछिल्लो समय विइ सिभिज इन्जीयिनरिङ २०१४ देखि २०१८ का व्याचका विद्यार्थीहरुको आन्तरिक प्रयोगात्मक नम्वरनै नपठाएर कलेजले लार्पावाही गरेको थियो । जसले गर्दा ८४ जना विद्यार्थीहरुको भविष्य अन्यौलमा छ भने तीन जना विद्यार्थीले मौका परीक्षा समेत दिन पाएका थिएनन् ।

यसैविच नेविसंघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिले पनि कलेजको लापर्वाही प्रति ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ प्रतिनिधि नारायण सापकोटाद्धारा हस्ताक्षरित जारी विज्ञप्ती मार्फत तत्काल समस्याको समाधान गर्न माग गरिएको छ । विद्यार्थीहरुको मागलाई नजरअन्दाज गरिए शसक्त आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । विज्ञप्ती उपकुलपति,रजिष्टार र परीक्षा नियन्त्रण कार्यालय पोखरा विश्वविद्यालयलाई वोधार्थ गरिएको छ ।

Share.

Leave A Reply