अक्सफोर्ड कलेज गैडाकोटको गम्भीर लापर्वाही/ ३ विद्यार्थीले मौका परीक्षासम्म दिन पाएनन् / समस्या समाधान भइसक्यो ः भिम भण्डारी

0

डोलराज रानाभाट,गैडाकोट,४ चैत्र । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैडाकोटको गम्भीर लापार्वाहीका कारण ३ जना विद्यार्थीले मौका परिक्षा गुमाएका छन् । कलेजको तर्फबाट नतिजाका लागि उपलब्ध गराउनुपर्ने आन्तरिक प्रयोगात्मक नम्वर नपठाएका कारण विद्यार्थीहरुको भविष्य अन्यौलनमा परेको हो । आजको परिक्षाबाट बन्चितमध्येका एक विद्यार्थी समित चापागाईका अनुसार नतिजा सार्वजनिक हुँदैमा आफूहरुले ध्यानाकर्षण गराएपनि कलेजले हुँदै छ भइसक्यो भन्दै आफूहरुलाई झुलाएको बताउनुभयो ।

ट्रान्सक्रिप्ट निकाल्ने समयमा बल्ला आफूहरुलाई थाहा भएको र कलेजकै लापार्वाहीका कारण आफूहरुको भविष्यनै अन्यौलनमा परेको उहाँको दुखेसो थियो । त्यस्तै अर्की विद्यार्थी सोमति गुरुङले पनि कलेजको लापार्वाहीले आफूहरुको समय र लगानी खेर जाने बातावरण सृजना भएको वन्दै सम्वन्धीत पक्षसँग वार्ता र अनुरोधबाट परिक्षा दिन मिल्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । चापागाईले पनि कलेजले मौका परिक्षा दिन मिल्ने गरि पहल थाल्नुपर्नेमा जोड दिँदै यदि त्यसो हुन नसकेपनि आफूहरुको सर्टिफिकेट ५ बर्षको हुन नहुने बताउनुभयो । मौका परिक्षा गुमाउन वाध्य अर्का विद्यार्थी विवेक भट्ट रहेका छन् ।

प्रयोगात्मक नम्वर छुटेका ८२ जना विद्यार्थीहरुको समस्या भने समाधान भएको कलजेका भिम भण्डारीले विजय एफएमलाई जानकारी दिनुभयो । आज अवेर साँझ फोन गर्दा उहाँले गल्ती जहाँबाट भएको भएपनि विद्यार्थीहरुको समस्या समाधान भएको र केहि दिनमै छुटेको प्रयोगात्मक नम्वर राखेर नतिजा आउने गरि सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो ,“ अहिले म गाडी चलाइरहेको छु , हामीलाई चिन्ता थियो कि विद्यार्थीहरु दिक्षान्त समारोहमा भाग लिन पाउन्नन् भन्नी तर समस्या समाधान भयो । प्राक्टीकल नम्वर राखि नतिजा आउनेछ । वाँकी कुरा पछि गरौँला ।”

मौका परिक्षा गुमाएका तीन विद्यार्थीको  समस्या समाधानमा के हुँदैछ ? भन्ने हाम्रो प्रश्नमा भण्डारीले भन्नुभयो,“त्यो विषय अलि जटिल भएको तर कलेजले भीसी र रजिष्टारसँग आग्रह गरेर परिक्षा दिन पाउने वातावरण बनाउने कोशिस गर्नेछौँ । ” तर प्रशासनको तर्फबाट त्यसो भनिएपनि विद्यार्थीहरुले भने लिखित सहमति हुनुपर्नेमा जोड दिँदै त्यसो नभएसम्म पोखरामै वसेर आन्दोलन गरिरहने र कलेजमा लगाइएको ताला नखोल्ने बताएका छन् ।

Share.

Leave A Reply