अक्सफोर्ड कलेजको बस दुर्घटनाः १७ बिद्यार्थी घाईते ।

0

गैँडाकोट ११ असार ।


नवलपरासीको गैँडाकोट विजय चोकमा अक्सफोर्ड कलेज गैँडाकोटको बस दुर्घटनामा परेको छ । बिद्यार्थी लिएर हिडेको बस सापकोटा साईकल पसल अगाडी ट्रकसंग ठोकिएको हो ।

घटनामा करिब १७ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । घाईतेमध्ये ४ जनाको अवस्था मध्यम छ भने अन्य बिद्यार्थी सामान्य घाईते रहेका छन् ।

पुर्व बाट पश्चिमका लागी छुटेको ना १ क ३८०६  नं को बस सोहि दिशामा नै रहेको ना ५ क ५००३ नं को ट्रकसंग ठोकिएको हो ।  अगाडीपट्टी रहेको ट्रकले एक्कासी ब्रेक लगाउँदा पछाडीबाट गैरहेको बस ट्रकमा ठोकिएको हो । घाईते बिद्यार्थीलाई उपचारका लागी भरतपुर लगीएको छ ।

Share.

Leave A Reply