अक्सफोर्डमा विज्ञान प्रदर्शनी

0

गैँडाकोट १७ भदौ । अक्सफोर्ड सेकेन्डरी स्कुल तथा अक्फोर्ड कलेज अफ ईन्जीनियरींगको आयोजनामा शनिवार एक दिने विज्ञान प्रदर्शनी र रोबोटीक कम्पीटिसन सम्पन्न भएको छ । कलेज परिसर गैँडाकोट नारायणी नदी किनारमा भएको कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न विज्ञानसंग सम्बन्धीत आविस्कारहरुको प्रदर्शनी गरेका थिए । प्रदर्शनीको उद्घाटन गर्दै कृषी विज्ञान विश्वबिद्यालय रामपुरकी डिन प्राध्यापक डाक्टर शारदा थपलियाले बिद्यार्थीहरुका उत्पादन बजारसम्म पु¥याउन प्रर्दशनी महत्वपुर्ण रहेको बताउनुभयो ।
वहाँले बिद्यार्थीहरुको डेमो अनुसार उत्पादनलाई आफ्नो विश्वबिद्यालय प्रयोजनका लागी पनि आवश्यक सामाग्री लैजाने बताउनुभएको छ । अक्सफोर्ड कलेजले पहिलो पटक गरेको यो प्रदर्शनीको माध्यमबाट कलेजका बिद्यार्थीहरुको उपलब्धी बजारमा पु¥याउन महत्वपुर्ण भुमीका खेल्ने बिस्वास कलेजले पनी लिएको छ। प्रदर्शनीमा २१ समुहले प्रर्दशन गरेका थिए ।
कार्यक्रममा बोल्दै अर्किड कलेजका प्राचार्य डा खेम आचार्य, ईम्बेडेड सोलुसन भरतपुरका निर्देशक ईन्जीनियर कृष्ण पोखरेल लगायतले एक बिद्यालयबाट अर्को बिद्यालयका बिद्यार्थीसम्म ज्ञान हस्तान्तरणका लागी कार्यक्रम महत्वपुर्ण रहेको बताए । कलेजका विज्ञान संकाय प्रमुख कृष्णहरी पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा कलेजका प्राचार्य ईन्जीनियर हरि भण्डारीको अध्यक्षतामा भएको हो ।
प्रदर्शनीको चितवन नवलपरासीमा रहेका बिद्यालयका बिद्यार्थीहरुले करिब १० हजार बिधार्थीले अवलोकन गरेका थिए । सामाजीक उत्तर दायित्व अन्तर्गत कलेजले हरेक बर्ष यही समयमा प्रदर्शनी आयोजना गर्ने कार्यक्रम संयोजक ईन्जीनियर भिम भण्डारीले जानकारी दिनुभयो । यसैबिच शनिबार नै भएको रोबोेटीक कम्पीटिसनमा रोबोरेस गु्रप ए प्रथम , बाल्मिकि शिक्षा सदन दितिय र अस्फोरर्ड सेकेन्डरी स्कुल बी तृतिय भएका भएका छन् । कम्पीटिसन ९ वटा कलेजका १३ समुह प्रतीष्पर्धामा रहेका थिए ।

Share.

Leave A Reply