अक्सफोर्डको इन्टरनेश्नल स्टार फर लिडरसिप इन क्वालिटि अवार्ड राष्ट्रिय उपलब्धी – प्रिन्सिपल भण्डारी

0


गैँडाकोट, १२ श्रावण । अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट कलेजले राष्ट्रिय उपलब्धी हासिल गरेको भन्दै कलेजले शनिबार पत्रकार सम्मेलन गरेको छ । कलेजले फ्रान्सको राजधानी पेरिसमा भएको २२ औं अन्तराष्ट्रिय कन्भेक्सनबाट इन्टरनेश्नल स्टार फर लिडरसिप इन क्वालिटि २०१८ स्वर्ण पदक प्राप्त गर्नु राष्ट्रिय उपलब्धी भएको कलेजका प्रिन्सिपल हरि भण्डारीले बताउनुभएको छ ।
आवाज ।।
पेरिसमा अषाढ १६ र १७ गते भएको सो कार्यक्रममा १ सय १९ वटा राष्ट्रको सहभागिता रहेको थियो । एक सय १८ वटा राष्ट्रलाई पछि पार्दै अक्सफोर्ड कलेज प्रथम हुन सफल भएको कलेजका प्रिन्सिपल भण्डारीले बताउनुभयो । पदक स्पेनको राजधानी मेड्रीड भन्ने ठाउँमा केन्द्रिय कार्यालय रहेको बीजनेश इनिसियटिभ डिरेक्सनले गुणस्तर, व्यवस्थापन र नेतृत्वका आधारमा संसारमा उत्कृष्ट हुने संस्थाहरुलाई प्रदान गरिने भण्डारीको भनाइ छ । वि.सं. २०५७ सालमा स्थापना भएको अक्सफोर्ड कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ब्याचलर अफ कम्प्युटर एप्लीकेशन र प्लस टुमा म्यानेजमेन्ट वीथ कम्प्युटर साइन्स सञ्चालनमा ल्याएको थियो । २०५९ सालमा विज्ञान संकाय साथै २०६० सालमा होटल म्यानेजमेन्ट वीथ कम्प्युटर साइन्सको सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेको छ । यसैगरी कलेजले २०६५ सालमा बीई सिभिल र २०६६ सालमा बीई इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स जस्ता प्राविधक तथा व्यावसायिक विषयहरुको सम्बन्धन लिइ सफलता प्राप्त गर्दै आइरहेको छ ।

Share.

Leave A Reply